०३ साउन २०८३, आइतबार

मधेशको ७ पालिकामा लोसपाको जीत, १ मा अग्रता

मधेशको ७ पालिकामा लोसपाको जीत, १ मा अग्रता

मधेश प्रदेशको ६ पालिकामा लोकतान्त्रिक समाजवादी पार्टी खुम्चिएको छ।

 २०७४ को स्थानीय निर्वाचनमा २६ सिट जितेको लोसपा यस पटक मधेश प्रदेशको ६ र लुम्बिनी प्रदेशको १ सिटमा मात्र जित हात पर्न सकेको छ।

यी हुन् लोसपाले जितेका पालिकाहरू  

लोसपाले मधेश प्रदेशको सप्तरीको महादेवा गाउँपालिका, महोत्तरीको औरही नगरपालिका, मटिहानी नगरपालिका, सर्लाहीको गोडैता नगरपालिका, रौतहटको इशनाथ नगरपालिका, बाराको विश्रामपुर गाउँपालिका, पर्साको विन्दवासिनी गाउँपालिकामा जित्न सफल भएको छ। 

सप्तरीको महादेवा गाउँपालिकाको अध्यक्षमा सुनिल कुमार मण्डल ४ हजार ५७० मतले, उपाध्यक्षमा अर्चना कुमारी यादव ३ हजार ८६७ मतले निर्वाचित भएका छन्। 

महोत्तरीको औरही नगरपालिकाको प्रमुखमा प्रदिप कुमार खड्का ६ हजार ६७ मतले र उपप्रमुखमा रेणु झा ५ हजार ८०८ मतले निर्वाचित भएका छन्।

महोत्तरीको मटिहानी नगरपालिकाको प्रमुखमा हरिप्रसाद मण्डल ४ हजार ३ मतले र उपप्रमुखमा मंजु देवी ३ हजार ८६४ मतले जितेका छन्।

सर्लाहीको गोडैता नगरपालिकाको प्रमुखमा देवन्द्र कुमार यादव ५ हजार २९४ मतले र उपप्रम,उखमा अन्जना कुशवाहाले ५ हजार ३०१ मत ल्याएर निर्वाचित भएका छन्।

रौतहटको इशनाथ नगरपालिकाको प्रमुखमा कौशल्या देवी ६ हजार २८२ मतले र उपप्रमुखमा मोहम्मद परवेज ५ हजार ७४९ मतले जितेका छन्।

वाराको विश्रामपुर गाउँपालिकाको अध्यक्षमा जुल्फकार अलि भुटो ४ हजार ३१७ मतले र उपाध्यक्षमा प्रियंका देवी ३ हजार ३३४ मतले निर्वाचित भएका छन्। 

पर्साको विन्दबासिनी गाउँपालिकाको अध्यक्षमा प्रमोद तिवारी ४ हजार १४१ मतले निर्वाचित भएका छन्।

त्यसै गरी लुम्बिनी प्रदेशमा रुपन्देहीको मायादेवी गाउँपालिकाको उपाध्यक्षमा नर्वदादेवी उपाध्याय ४ हजार ९४२ मत ल्याएर निर्वाचित भएकी छन्।

त्यस बाहेक मधेश प्रदेशको महोत्तरीको भंगहा नगरपालिकामा पनि लोसपा अग्रस्थानमा छ।

salt training

कमेन्ट गर्नुहोस्