
पर्साको जगरनाथपुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ ।
गाउँपालिकाको अध्यक्षमा कांग्रेसका श्रीकान्त यादव ५ हजार ७४१ मत प्राप्त गरी विजयी भएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका मोहम्मद सलिम मन्सुरले ३ हजार ९२६ मत पाएका छन् ।
तेस्रो स्थानमा रहेका जसपाका कृष्णमोहन यादवले ३ हजर ४८७ मत ल्याएका छन् ।
उपाध्यक्षमा समेत कांग्रेसकी बबिता सिंह ५ हजार ५३१ मत ल्याएर विजयी भएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी मिरादेवी कुर्मी ३ हजार ३४५ मत ल्याएर पराजित भएकी छन् ।
जसपाकी उम्मेदवार एवं मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु रावतकी पत्नी जलेखा खातुन ३ हजार १२३ मतका साथ उपाध्यक्षमा तेस्रो भएकी छन् ।