०२ साउन २०८३, शनिबार

बाजुराका ५ पालिकामा एमाले, ३ मा कांग्रेस निर्वाचित

बाजुराका ५ पालिकामा एमाले, ३ मा कांग्रेस निर्वाचित

गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचन अन्तर्गत  आठ पालिकाको मत परिणाम सार्वजनिक भएको छ ।

जिल्लामा पाँच गाउँपालिका र चार नगरपालिकामध्ये तीनवटा नगरपालिका र पाँचवटा गाउँपालिकाको मत परिणाम सार्वजनिकसँगै  नवनिर्वाचित जनप्रतिनिधिले पद तथा गोपनीयताको शपथग्रहण गर्दै आफ्नो पदभार ग्रहण गरेका छन् ।

जिल्लाका नौ पालिका नेकपा (एमाले)ले दुई नगरपालिका र तीन गाउँपालिका गरी पाँच पालिका विजयी हासिल गरेको छ ।

उसले बडीमालिका र बूढीनन्दा नगरपालिका सहित जगन्नाथ , गौमुल  र खप्तड छेडेदह गाउँपालिकामा विजय हासिल गरेको हो

कांग्रेसले त्रिवेणी नगरपालिका, हिमाली  र स्वामीकार्तिक खापर गाउँपालिका जितेको  जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ । 

विसं २०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेसले चार नगरपालिका र दुई गाउँपालिकासहित छ पालिका र जिल्ला समन्वय समन्वय समिति जितेको थियो भने एमालेले तीन गाउँपालिका जितेको थियो ।

हालको निर्वाचनमा कांग्रेसले तीन पालिकामा चित्त बुझाउनुपरेको छ । एमालेले पाँच पालिका जितेपछि जिल्ला समन्वय समितिमा पनि एमालेले विजय हुने भएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्