
तनहुँको व्यास नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका बैकुण्ठ न्यौपानेले अग्रता कायम नै राखेका छन् ।
पछिल्लो मत परिणामअनुसार स्वतन्त्र रूपमा उम्मेदवारी दिएका पूर्वमन्त्री गोविन्दराज जोशीका छोरा समेत रहेका दीपकराज जोशी ३ सय १९ मतले पछि परेका हुन् ।
काँग्रेस उम्मेदवार बैकुण्ठ न्यौपानेले १० हजार ५५६ मत पाउँदा जोशीले १० हजार २३७ मत पाएका छन् ।