
दङको तुलसीपुर उपमहानगरपालिकाको मेयर पदमा नेकपा एमालेका टिकाराम खड्काले अग्रता लिएका छन् ।
आइतवार दिउँसोको पछिल्लो अपडेट अनुसार उपमहानगरमा एमालेका टिकाराम खड्काले सर्वाधिक बढी १७ हजार २७७ मत ल्याएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका जोगबहादुर राणाले ११ हजार ७९३ मत पाएका छन् ।
उनीहरूबीचको मतान्तर १ हजार २८७ रहेको छ ।
उपमेयरमा एमालेकी स्यानी चौधरीले १६ हजार ५८८ मत ल्याएकी छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका जोगबहादुर राणाले ११ हजार ७९३ मत ल्याएका छन् ।