१० साउन २०८३, आइतबार

चेल्सी र आर्सनलको जीत

जेठ ९, २०७९
चेल्सी र आर्सनलको जीत

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले जीत निकालेको छ ।

आइतवार राति भएको आफ्नो अन्तिम लीग खेलमा चेल्सीले वाट्फोर्डलाई २-१ गोल अन्तरले हराएको हो ।

जीतसँगै चेल्सीले ३८ खेलमा ७४ अंक जोड्यो ।

चेल्सी तेस्रो स्थानमा रह्यो ।

वाट्फोर्ड २३ अंक जोडेर १९ औं स्थानमा रहदै रेलिगेसनमा परेको छ ।

अर्को खेलमा आर्सनलले एभर्टनलाई ५-१ ले हराएको छ ।

जीतसँगै आर्सनलले ६९ अंक जोडेर पाँचौं स्थानमा रहेर सिजनको अन्त्य गरेको छ ।

एभर्टन ३९ अंक जोडेर १६ औं स्थानमा रह्यो ।

यस्तै टोटेनहमले नर्विच सिटीलाई ५-० ले हराएको छ ।

जीतसँगै टोटेनहमले ७४ अंक जोडेर चौंथो स्थान हासिल गरेको छ ।

टोटेनहम च्याम्पियन्स लिगमा समेत छनोट भएको छ ।

म्यानचेस्टर युनाईटेड भने क्रिस्टल प्यालेससँग १-० ले पराजित भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्