२२ असार २०८३, सोमबार

भरतपुरको मेयरमा विजयमाथि रेनुको अग्रता ९ हजार ८२२, कसको कति मत ?

भरतपुरको मेयरमा विजयमाथि रेनुको अग्रता ९ हजार ८२२, कसको कति मत ?

भरतपुर महानगरपालिकामा सोमवार बिहानसम्ममा १ लाख ६ हजार ८७९ मत गणना भएको छ ।

जारी मतगणनामा महानगरको मेयर पदमा नेकपा माओवादी केन्द्रकी रेनु दाहालले फराकिलो मतान्तरका साथ अग्रता कायम राखेकी छन् । 

उनले ४३ हजार ६१ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले ३३ हजार २३९ मत पाएका छन् । 

सुवेदीभन्दा दाहाल ९ हजार ८२२ मतले अगाडि छिन् । 

मेयर पदका अर्का उम्मेदवार जगन्नाथ पौडेलले १३ हजार २६६ मत ल्याएका छन् । 

कांग्रेस सहितको गठबन्धनले मेयर पदमा दाहाललाई उठाएपछि पौडेल कांग्रेसबाट बागी उम्मेदवार बनेका थिए  । 

यस्तै महानगरको उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ४४ हजार ५९१ मत ल्याएका छन् । 

उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाकी हिमला गुरुङले २६ हजार ३२२ मत ल्याइन् । 

गुरुङसँग अधिकारीले  १८ हजार २६९ मतको अग्रता कायम राखेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्