२८ जेठ २०८३, बिहीबार

ललितपुरको सातदोबाटोमा टाटा मोटर्स कार शोरुम

ललितपुरको सातदोबाटोमा टाटा मोटर्स कार शोरुम

भारतको सबैभन्दा ठुलो अटोमोबाईल कम्पनी टाटा मोटर्सले आफ्नो ललितपुरको महत्वपूर्ण शोरुम सातदोबाटोस्थित सिप्रदीको आधिकारिक डिलर जे.बि. अटोमोटिभ प्रा.लि.को उद्घाटनबाट शुरु गरेको छ ।

टाटा मोटर्सको एक मात्र आधिकारीक वितरक सिप्रदी टे«डिङ्ग प्रा.लि. ले आफनो ग्राहकहरुको लागि आधुनिक तथा सुविधा सम्पन्न शोरुम तथा बिक्री सेवा सुविधा केन्द्रको ललितपुरमा शुरू गरेको हो ।

विशेष कार्यक्रम मार्फत प्रमुख अतिथिका रुपमा टाटा मोटर्सका अजित सिंह, सिप्रदीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठ, प्रमुख सन्चालन अधिकृत राजेश प्रसाद गिरी, प्यासेन्जर भेहिकल प्रमुख शावन्त जङ्ग सिजापतीलगायतको सहभागीतामा जे.बि. अटोमोटिभका अध्यक्ष जे.बि.घिसिङ्ग र ज्योती बानियाँले सेवा शुरू  गरेका थिए ।

उक्त कार शोरूममा टाटा मोटर्सका नयाँ बिएस ६ का सम्पूर्ण गाडीहरु उपलब्ध हुनुका साथै टेस्ट ड्राइभको पनि सुविधा हुनेछ ।
 

salt training

कमेन्ट गर्नुहोस्