३० जेठ २०८३, शनिबार

ओलीको गलत कामको घानमा कांग्रेस पर्‍यो- महत

ओलीको गलत कामको घानमा कांग्रेस पर्‍यो- महत

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेको गलत कामको असर कांग्रेसलाई पनि परेको दाबी गरेका छन् । 

काठमाडौंलगायत शहरमा स्वतन्त्र उम्मेदवार आउनु ओलीको गलत कामको असर भएको उनको आरोप थियो । 

पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमवार आयोजित पत्रकार सम्मेलनमा महतले काठमाडौंमा स्वतन्त्र उम्मेदवारले मत पाउनु अपवाद भएको बताएका हुन् । ‘केपी ओलीजीको घानमा नेपाली कांग्रेस परेको हो, पाँच वर्षको म्यान्डेट सही ढंगले पूरा नगर्नु मूलभूत असन्तुष्टि हो । त्यसको रियाक्सन पनि हो, त्यसको असर व्यवहार अरू दलले पनि व्यहोर्नुपर्ने हुन्छ,’ महतले भने । 

महतले काठमाडौंमा स्वतन्त्र उम्मेदवारले पाएको मत अपवाद भन्दै दलहरू असफल भए भन्नु गलत हुने जिकिर गरे । ‘निर्वाचनमा अपवाद जहिले पनि हुन्छ । काठमाडौं लगायतको अपवादलाई लिएर दल असफल भइसक्यो भन्ने निष्कर्षमा पुग्नु गलत हो,’ महतले भने, ‘मतदाता के कारणले दलसँग असन्तुष्ट छन् भन्ने कुरा आउँदो दिनमा सम्बोधन गर्ने कोसिस गर्छौं ।’

salt training

कमेन्ट गर्नुहोस्