
मोरङ जिल्ला मुख्य निर्वाचन अधिकृत कार्यालयले विराटनगर महानगरपालिकाको कार्यपालिका कार्यपालिका सदस्यहरूको निर्वाचन जेठ २१ गते बिहान १० देखि २ बजेसम्म हुने जनाएको छ ।
रेडक्रस भवनमा हुने निर्वाचनबाट महानगरपालिकाका प्रमुख, उपप्रमुख, १९ वडाध्यक्ष, महिला, दलित र खुला सदस्य गरी ९७ जना मतदाता रहेका छन् ।
कार्यपालिकाका ५ जना महिला सदस्यका लागि निर्वाचित जनप्रतिनिधि हुनुपर्नेछ भने ३ जना दलित तथा अल्पसंख्यक सदस्यका लागि महानगरपालिकाको मतदाता हुनुपर्ने व्यवस्था रहेको छ ।