२१ जेठ २०८३, बिहीबार

मधेस प्रदेशको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको नाम फेरियो

मधेस प्रदेशको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको नाम फेरियो

मधेस प्रदेश सरकारले आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको नाम परिवर्तन गरेको छ । आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले मन्त्रालयको नाम परिवर्तन गरी गृह तथा सञ्चार मन्त्रालय राखिएको जानकारी दिए । यही जेठ ६ गते बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रालयको नाम परिवर्तन गरी गृह तथा सञ्चार मन्त्रालय राख्ने निर्णय गरेको मन्त्री साहले जनाए ।

मन्त्री साहले केन्द्र सरकारसँग लड्दै अब मन्त्रालयको अधिकार लिन नाम परिवर्तनबाट सुरु गरिएको बताए । मन्त्रालयको नाम कानूनबमोजिम परिवर्तन गरी राजपत्रमा प्रकाशित गरिएको सचिव रामकुमार महतोले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्