१० साउन २०८३, आइतबार

मेयरमा निर्वाचित भएपछि बालेनले भने : काठमाडौंलाई विश्वकै उत्कृष्ट शहर बनाउछौँ

मेयरमा निर्वाचित भएपछि बालेनले भने : काठमाडौंलाई विश्वकै उत्कृष्ट शहर बनाउछौँ

काठमाडौं महानगरपालिकाको मेयर बालेन्द्र साह (बालेन)ले काठमाडौंलाई विश्वकै उत्कृष्ट शहर बनाउन लागि पर्ने उद्घोष गरेका छन् । 

शुक्रवार बिहान निर्वाचन अधिकृतको कार्यालयले महानगरपालिकाको मेयरमा निर्वाचित भएको प्रमाणपत्र दिएसँगै मेयर बालेनले काठमाडौंलाई विश्वकै उत्कृष्ट शहर बनाउनका लागि सहकार्य गरेर अगाडि बढ्ने बताएका हुन् ।

उनले भने,‘काठमाडौंलाई विश्वकै उत्कृष्ट शहर बनाउनका लागि सहकार्य गरेर अगाडि बढ्नेछौँ भन्ने विश्वास लिएको छु ।’

उनले अब महानगरको मुहार फेरिन शुरूवात हुने भन्दै अबको ५ वर्षमा आफूहरूको भिजन र एजेण्डालाई कार्यान्वयन गर्ने बताएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्