३१ असार २०८३, बुधबार

रूपन्देहीको सैनामैनामा ट्रमा सेन्टर बन्ने

रूपन्देहीको सैनामैनामा ट्रमा सेन्टर बन्ने

रुपन्देहीको सैनामैनामा ट्रमा सेन्टर निर्माण गरिने भएको छ  । 

आइतवार संसदमा अर्थमन्त्री जनार्दन शर्माले संसदमा आर्थिक वर्ष २०७९/८० को बजेट रूपन्देहीको सैनामैना र पूर्व नवलपरासीको देवचुलीमा अत्याधुनिक उपचार सहितको ट्रमा सेन्टर निर्माण गरिने घोषणा गरेका हुन् ।

 सैनामैना पूर्वपश्चिम राजमार्गसँग जोडिएको नगर हो । यस क्षेत्र क्षेत्रका नागरिकको स्वस्थ्य जीवन सुनिश्चित गर्न ट्रमा सेन्टर निर्माण गरिन लागेको सरकारले बताएको छ । 

ट्रमा सेन्टर बनेपछि यस क्षेत्रको स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार हुने अपेक्षा गरिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्