२८ जेठ २०८३, बिहीबार

चित्रबहादुरले संसदमा भने, ‘ख्यालठट्टा होइन, भारत ७० वर्षदेखि नेपाल टुक्र्याउने षड्यन्त्र गर्दैछ’

कात्तिक २०, २०७४
चित्रबहादुरले संसदमा भने, ‘ख्यालठट्टा होइन, भारत ७० वर्षदेखि नेपाल टुक्र्याउने षड्यन्त्र गर्दैछ’
काठमाडौं, २२ मंसिर — राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहदुर केसीले नेपालको तराई टुक्र्याउन भारतले ७० वर्षदेखि षड्यन्त्र गरिरहेको बताएका छन् । पाँच नम्बर प्रदेश टुक्र्याउने गरी आएको संविधान संशोधनको प्रस्ताव त्यसैको उपज भएको केसीको भनाई थियो ।

व्यवस्थापिका संसदको बुधवार बसेको बैठकको शुरूमै सभामुखसँग समय लिएर नेता केसीले पाँच नम्बर प्रदेशबाट पहाडी जिल्ला अलग्याएपछि पूर्व र पश्चिमका प्रदेशमा पनि तराईका जिल्ला अलग्याउने षड्यन्त्र हुने बताएका हुन् । ‘यो ख्याल ठ्टटा हँुदै होइन, नेपालको तराईलाई भारतमा गाभ्ने षड्यन्त्र ७० वर्षदेखि हँुदैछ ।’ केसीले संसदमा भने, ‘जबसम्म काँकडभिट्टादेखि महेन्द्रनगरसम्मको तराई पहाडबाट अलग हुँदैन, अनि नेपाललाई सिक्किम बनाइँदैन यहाँ भारतको हस्तक्षेप चलिरहन्छ ।’

chitra_bahadur_kc

नेता केसीले सत्ताका लागि राष्ट्रियताको सौदाबाजी गरेर विदेशीको कठपुतली नबन्न आग्रह गरे । ‘राष्ट्रियता र सार्वभौमिकतामा सौदाबाजी गरेर विदेशीको कठपुतली नबनौं । हामीभन्दा पहिला पनि मन्त्री बनेका थिए, देश रहे पछि पनि मन्त्री होऔंला,’ केसीले भने ।

केसीले सरकारले संसदमा दर्ता गरेको ‘राष्ट्रघाती’ विधेयक फिर्ता नहुँदासम्म विपक्षी दलको संसद अवरोध कायम रहने बताए । ‘पाँच नम्बर प्रदेशबाट तराई र पहाडलाई अलग गर्दा राष्ट्रियता, भौगोलिक एकता र सार्वभौमिकता सुरक्षित गर्छ कि खतम गर्छ ?’ उनले प्रश्न गरे ।

जनसंख्याको आधारमा निर्वाचन क्षेत्र बनाउने गरी गरिएको संविधानको पहिलो संशोधनको विपक्षमा मतदान गर्दा आफूलाई त्यसबेला उपप्रधानमन्त्रीबाट राजीनामा दिन चुनौती दिइएको स्मरण गर्दै केसीले भने, ‘यहाँ समय आएपछि कसैले राजीनामा नदिएपनि अर्कले हटाउँछ नि !’

हैदराबाद जसैगरी नेपाल हडप्ने षड्यन्त्र !

नेता केसीले भाजपा सरकारले सरदार वल्लभभाइ पटेलको ७० वर्षदेखिको योजना कार्यान्वयन गर्ने षड्यन्त्रस्वरूप नेपालको तराईलाई पहाडबाट अलग गर्न कोशिश गरिरहेको बताए ।

‘प्रधानमन्त्री नेहरुका उपप्रधान एवं गृहमन्त्री वल्लभभाइ पटेलले हैदराबादलाई जस्तै नेपाललाई पनि बल प्रयोग गरेर भारतमा गाभ्नुपर्छ भनेका थिए । त्यसैको तयारी स्वरूप पहाडबाट तराई टुक्र्याउने खेल हुँदैछ,’ संसद बैठकपछि केसीले लोकान्तरसँग भने, ‘अहिले सीमाङ्कनको विवाद त्यसैको डिजाइन भनेर संसदमा भनेको हुँ ।’ आफूले संसदीय गरिमा र मर्यादा पालन गर्ने भएका कारण सभामुखले दिएको समयमै कुरा राख्दा सदनमा सविस्तार राख्न नपाएको बताए ।

तस्वीर स्रोत : सामाजिक सञ्जाल 

salt training

कमेन्ट गर्नुहोस्