३० असार २०८३, मंगलबार

निजगढ विमानस्थल बनाउनबाट सरकार पछि हट्दैन- पर्यटनमन्त्री आले

निजगढ विमानस्थल बनाउनबाट सरकार पछि हट्दैन- पर्यटनमन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउनबाट सरकार पछि नहट्ने बताएका छन् । 

सोमवार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै मन्त्री आलेले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम अघि बढाउने कुरा सरकारको नीति तथा कार्यक्रममा आइसकेको र राष्ट्रिय योजना आयोगमा समेत एयरमार्क भइसकेकाले सरकार पछि नहट्ने बताएका हुन् । 

उनले सरकार दृढतापूर्वक अगाडि बढ्ने बताए । मन्त्री आलेले हेलिकप्टर र हवाईजहाजहरू युरोपबाट ‘सेकेण्डह्यान्ड’ मा किनेर नेपालमा प्रयोग गरिने गरेको बताए । 

‘हेलिकप्टर, प्लेनहरू जम्मै सेकेण्डह्यान्ड आउँदो रैछ अधिकांश । युरोपमा काम नलाग्ने जहाजहरू यहाँ सेकण्डह्याण्ड, थर्ड ह्याण्डमा आउँदो रैछ,’ उनले भने, ‘यसले गर्दाखेरी मानिसको जीवनमाथि खेलबाड गर्ने कामहरू पनि भइराखेको छ ।’

उनले इञ्जिनियरिङ सर्भे गरेर मात्रै जहाज प्रयोग गर्न सम्बन्धित निकायलाई निर्देशन दिए ।

salt training

कमेन्ट गर्नुहोस्