×

NMB BANK
NIC ASIA

वातावरण व्यवस्थापनका लागि रैथाने ज्ञान उपयोगीः बालेन शाह

जेठ २२, २०७९

NTC
Premier Steels

काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले वातावरण व्यवस्थापनका लागि रैथाने ज्ञान उपयोगी रहेको बताएका छन् ।  सिथी नखः पर्वका महत्वका विषयमा धारणा राख्दै प्रमुख शाहले पानी र पानीको स्रोत संरक्षणका लागि सिथी नखः पर्वको ठूलो भूमिका रहेको उल्लेख गरे । 

Muktinath Bank

 खुल्ला जमिन सकिएर पुनभरणको अवसर कम हुँदै गए पछि सहरले क्रमशः ट््याङ्कर र जारको भर पर्नु परेको जनाउँदै प्रमुख शाहले यस प्रकारका समस्याको समाधानका लागि पानीसँग सम्बन्धित रैथाने ज्ञानको उपयोग गरेर ढुङ्गे धारा, कुवा तथा इनारलाई पुनर्जीवन दिन महानगरले पर्याप्त बजेटको व्यवस्था गर्ने उल्लेख गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ज्येष्ठ शुल्क षष्ठीका दिनलाई उपत्यकाबासीले सिथी नखः पर्वका रुपमा मनाउँदै आएका छन् । यस दिन पानीको मुहान र स्रोत, इनार, कुवा, धारा तथा पँधेराको सरसफाइ गरिन्छ । सफाइपछि ती ठाउँमा दूध, मह, घ्यू, दहीलगायत शुद्ध खाद्य पदार्थ हाल्ने गरिन्छ । यो पर्वलाई पानीको मुहान तथा स्रोतको पूजा गर्ने र बर्षभरि ती ठाउँमा फोहोर नगर्ने प्रतिवद्धता प्रकट गर्ने दिनका रुपमा मनाइन्छ । 


Advertisment
Nabil box
Kumari

आजै विश्व वातावरण दिवस पनि हो ।  ‘केवल एक पृथ्वी’ नारासहित विश्व वातावरण दिवस मनाइँदै छ ।  यस अवसरमा महानगर प्रहरी बलले माइतीघर मण्डलादेखि बानेश्वरतर्फको सडक खण्ड सरसफाइ गरेको छ । सहरको फोहोर अन्तिम व्यवस्थापन हुने स्थानमा स्थानीयले विभिन्न माग राखेर फोहोर ढुवानी रोकेपछि अहिले सहरमा फोहोर संकलनसमेत हुन सकेको छैन ।

Vianet communication

उनीहरुले ल्याण्डफिल साइटबाट प्रभावित १३ गाउँका मानिसहरुले भोग चलन गर्दै आएको जग्गा अधिग्रहण गरेर फोहोर र मानिसलाई छुट्याउनु पर्नेलगायत बुँदागत माग राखेका छन् । उनीहरुकाअनुसार यसरी अधिग्रहण गर्नुपर्ने जग्गा ५ हजार रोपनीभन्दा धेरै छ । फोहोर संकलन हुन नसक्ने भएपछि यस बर्ष सरसफाइका कार्यक्रम तुलनात्मक रुपमा कम भएका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x