२८ जेठ २०८३, बिहीबार

वातावरण व्यवस्थापनका लागि रैथाने ज्ञान उपयोगीः बालेन शाह

वातावरण व्यवस्थापनका लागि रैथाने ज्ञान उपयोगीः बालेन शाह

काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले वातावरण व्यवस्थापनका लागि रैथाने ज्ञान उपयोगी रहेको बताएका छन् ।  सिथी नखः पर्वका महत्वका विषयमा धारणा राख्दै प्रमुख शाहले पानी र पानीको स्रोत संरक्षणका लागि सिथी नखः पर्वको ठूलो भूमिका रहेको उल्लेख गरे । 

 खुल्ला जमिन सकिएर पुनभरणको अवसर कम हुँदै गए पछि सहरले क्रमशः ट््याङ्कर र जारको भर पर्नु परेको जनाउँदै प्रमुख शाहले यस प्रकारका समस्याको समाधानका लागि पानीसँग सम्बन्धित रैथाने ज्ञानको उपयोग गरेर ढुङ्गे धारा, कुवा तथा इनारलाई पुनर्जीवन दिन महानगरले पर्याप्त बजेटको व्यवस्था गर्ने उल्लेख गरे । 

ज्येष्ठ शुल्क षष्ठीका दिनलाई उपत्यकाबासीले सिथी नखः पर्वका रुपमा मनाउँदै आएका छन् । यस दिन पानीको मुहान र स्रोत, इनार, कुवा, धारा तथा पँधेराको सरसफाइ गरिन्छ । सफाइपछि ती ठाउँमा दूध, मह, घ्यू, दहीलगायत शुद्ध खाद्य पदार्थ हाल्ने गरिन्छ । यो पर्वलाई पानीको मुहान तथा स्रोतको पूजा गर्ने र बर्षभरि ती ठाउँमा फोहोर नगर्ने प्रतिवद्धता प्रकट गर्ने दिनका रुपमा मनाइन्छ । 

आजै विश्व वातावरण दिवस पनि हो ।  ‘केवल एक पृथ्वी’ नारासहित विश्व वातावरण दिवस मनाइँदै छ ।  यस अवसरमा महानगर प्रहरी बलले माइतीघर मण्डलादेखि बानेश्वरतर्फको सडक खण्ड सरसफाइ गरेको छ । सहरको फोहोर अन्तिम व्यवस्थापन हुने स्थानमा स्थानीयले विभिन्न माग राखेर फोहोर ढुवानी रोकेपछि अहिले सहरमा फोहोर संकलनसमेत हुन सकेको छैन ।

उनीहरुले ल्याण्डफिल साइटबाट प्रभावित १३ गाउँका मानिसहरुले भोग चलन गर्दै आएको जग्गा अधिग्रहण गरेर फोहोर र मानिसलाई छुट्याउनु पर्नेलगायत बुँदागत माग राखेका छन् । उनीहरुकाअनुसार यसरी अधिग्रहण गर्नुपर्ने जग्गा ५ हजार रोपनीभन्दा धेरै छ । फोहोर संकलन हुन नसक्ने भएपछि यस बर्ष सरसफाइका कार्यक्रम तुलनात्मक रुपमा कम भएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्