२९ असार २०८३, सोमबार

सुदूरपश्चिम सरकारले लालझाडी गाउँपालिकालाई राना साँस्कृतिक पर्यटकीय गाउँ बनाउने

सुदूरपश्चिम सरकारले लालझाडी गाउँपालिकालाई राना साँस्कृतिक पर्यटकीय गाउँ बनाउने

सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुर जिल्लास्थित लालझाडी गाउँपालिकालाई राना साँस्कृतिक पर्यटकीय गाउँको रुपमा विकास गर्ने भएको छ । आदिवासी रानाथारु जातिको सघन बसोबास रहेको सो गाउँपालिकालाई राना साँस्कृतिक पर्यटकीय गाउँको रुपमा विकास गर्न लागिएको हो । 

आइतबार सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीद्वारा आव २०७९÷२०८० को प्रस्तुत नीति तथा कार्यक्रममा सो कार्यक्रम उल्लेख गरिएको छ । नेपालको कैलाली र कञ्चनपुर जिल्लामा मात्रै बसोबास रहेको रानाथारु जातिलाई नेपाल सरकारले अलग्गै आदिवासीको रुपमा सूचीकृत गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्