×

NMB BANK
NIC ASIA

जघन्य अपराधको सफल अनुसन्धानमा विशेष ध्यान दिन निर्देशन

जेठ २२, २०७९

NTC
Premier Steels

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले जघन्य अपराधको सफल अनुसन्धानका लागि विशेष सक्रियताका साथ लाग्न मधेस प्रदेशका प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् । 

Muktinath Bank

प्रहरी प्रधान कार्यालयबाट आज भर्चुअलरूपमा आयोजित एक समारोहबीच उनले तस्करी एवं अवाञ्छित गतिविधि नियन्त्रण, घरेलु हिंसा न्यूनीकरण तथा प्राकृतिक स्रोतको दोहन नियन्त्रणमा समेत ध्यान दिन आग्रह गरे। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उक्त भर्चुअल बैठकमा मधेस प्रदेश प्रहरी कार्यालय एवं प्रदेश मातहत जिल्लाका जिल्ला प्रहरी कार्यालयहरू, ट्राफिक प्रहरी कार्यालय एवं तालिम केन्द्रका प्रमुखको सहभागिता थियो ।


Advertisment
Nabil box
Kumari

प्रहरी महानिरीक्षक सिंहले आफूले निर्वाह गरेको जिम्मेवारीअनुरूप नै प्रहरी अधिकृतहरूको मूल्याङ्कन हुने उल्लेख गर्दै आर्थिक पारदर्शिताको नीतिलाई अवलम्बन गरी आफूलाई सुम्पिएको जिम्मेवारीलाई आफ्नो नेतृत्व विकासको अवसरका रूपमा लिएर कार्यसम्पादन गर्न सुझाव पनि दिए ।

Vianet communication

उनले दण्ड र पुरस्कार अपरिहार्य तत्व रहेको उल्लेख गर्दै गल्ती गर्नेलाई तत्काल दण्डित गर्ने र राम्रो काम गर्नेहरूलाई संरक्षकको भूमिका निर्वाह गर्ने पनि जानकारी दिए । उनले सीमावर्ती क्षेत्रमा हुने अपराध, तस्करी नियन्त्रण, भन्सार छलीको सामान बरामद राजश्व वृद्धि एवं प्राकृतिक स्रोतको दोहनलगायत आपराधिक गतिविधिमा संलग्नलाई कानूनी दायरामा ल्याउन थप क्रियाशील हुन पनि निर्देशन दिए ।

वर्षाको समयमा हुन सक्ने विपद्का घटना न्यूनीकरण एवं उद्धारका लागि स्थानीय तह एवं सरोकारवाला निकायसँग आपसी सहयोग र समन्वय गरी तयारी गर्नसमेत उनले आग्रह गरे । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x