![कांग्रेस डोटी र पाँचथरमा धेरै बलियो, दार्चुला र रुकुम पूर्वमा शून्य [सूचीसहित]](https://lktcdn2.prixacdn.net/media/Nepali_congress_At7KeadA66.png)
स्थानीय चुनावका नतिजा हेर्दा पहिलो पार्टी बनेको नेपाली कांग्रेस डोटी र पाँचथरमा धेरै बलियो देखिएको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा स्थानीय चुनाव अनुगमन, मूल्यांकन तथा सुपरीवेक्षण उपसमितिका संयोजक प्रदीप पौडेलले बुझाएको प्रतिवेदनअनुसार दार्चुला र रुकुम पूर्वमा कांग्रेस शून्य भएको छ ।
कांग्रेसले धेरै स्थानीय तह जितेका जिल्लामा डोटी, पाँचथर, बाँके, पर्वत, डडेल्धुरा, अछाम, ललितपुर, काठमाडौं, सोलुखुम्बु र ओखलढुंगा रहेका छन् ।
कांग्रेसले कम स्थानीय तह जितेका जिल्लामा दार्चुला, रुकुम पूर्व, मुस्ताङ, डोल्पा, सिराहा, महोत्तरी, गोरखा, रोल्पा, कालिकोट र कैलाली रहेका छन् ।