३१ असार २०८३, बुधबार

१ नम्बर प्रदेशको नामकरण सहजीकरणका लागि एमालेले बनायो ५ सदस्यीय समिति

१ नम्बर प्रदेशको नामकरण सहजीकरणका लागि एमालेले बनायो ५ सदस्यीय समिति

सत्ताबाट बाहिरिएको नेकपा एमालेले १ नम्बर प्रदेशको नामकरणको सहजीकरणका लागि ५ सदस्यीय समिति गठन गरेको छ ।

बिहीवार बसेको नेकपा एमाले प्रदेश १ संसदीय दलले बैठकले हिक्मतकुमार कार्कीको संयोजकत्वमा ५ सदस्यीय समिति बनाएको हो ।

समितिको सदस्यमा जगदिशप्रसाद कुसियत, जीवन घिमिरे, उषाकला राई र अर्जुन राई छन् । आफू सरकारमा भएको बेला नाम राख्न नसकेको एमालेले प्रदेशसभा कार्यकालको उत्तराद्र्धमा समिति बनाएको छ ।

प्रदेशको नामकरणका लागि सत्तारुढ दलहरूसँग समेत छलफल गरेर चालू बजेट अधिवेशनभित्रै प्रदेशको नामकरण गर्न पहल गर्ने जनाइएको छ । 

प्रदेशका मुख्यमन्त्री राजेन्द्रकुमार राईले नामकरणका लागि एमालेको साथ खोजेका थिए । उनले ठूलो दल भएको नाताले प्रदेशको नामकरणका लागि आवश्यक सहजीकरणका लागि नेतृत्व लिन एमालेलाई आग्रह गरेका थिए ।

बजेट अधिवेशनको पहिलो बैठकमा उनले नामकरण गर्नका लागि एमालेको महत्त्वपूर्ण हात रहने भन्दै सहयोगका लागि अनुरोध गरेका थिए । सरकारका तर्फबाट स्वास्थ्यमन्त्री जयराम यादवको संयोजकत्वमा समिति गठन भइसकेको छ । 

एमालेले साथ दिए मात्रै प्रदेशको नामकरण हुने देखिन्छ । अहिलेको सरकारसँग सामान्य बहुमत मात्रै छ । नामकरणका लागि दुईतिहाइ बहुमत चाहिन्छ । एमाले मिल्दा मात्रै दुईतिहाइ बहुमत पुग्छ । 

salt training

कमेन्ट गर्नुहोस्