१० साउन २०८३, आइतबार

हाइटेन्सन तारमा चढेका व्यक्तिको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार हुँदै

हाइटेन्सन तारमा चढेका व्यक्तिको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार हुँदै
तस्वीरः हरिकुमार गुरुवाचार्यको फेसबुकबाट ।

नुवाकोटको ककनीस्थित हाइटेन्सन प्रसारण लाइनमा  चढेका व्यक्तिको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर ककनी पुगेको छ । 

साँझ ६ः३३ मा हेलिकप्टर काठमाडौंबाट ककनी गएको नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले जानकारी दिए । 

उनका अनुसार हेलिकप्टरमा विपद व्यवस्थापनसहितको टोली गएको छ । अहिले ती व्यक्तिको उद्धार गर्ने प्रयास भइरहेको सिलवालले जानकारी दिए । 

ऊर्जामन्त्री पम्फा भुसालले ती व्यक्तिको उद्धार गरिदिन नेपाली सेनालाई आग्रह गरेकी थिइन् । 

बिहानदेखि खाना पानीसमेत नखाएका बेलकोटगढीका प्रेमबहादुर बिक ‘माइला’ त्यहाँबाट झर्न मानिरहेका छैनन् । 

६० मेगावाटको त्रिशुली थ्री–ए आयोजना नै बन्द भएको छ । ती व्यक्ति चढेको पोलमा त्रिशुली थ्री–ए आयोजनाबाट काठमाडौंमा विद्युत ल्याइएको २२० केभी प्रसारण लाइन जडान भएको छ । उक्त प्रसारण लाइनमा डबल सर्किट छ ।
 

salt training

कमेन्ट गर्नुहोस्