
भक्तपुरको मध्यपुरथिमि नगरपालिका–८ बोडेमा स्थानीय ५१ वर्षीय कल्याण साहुको आज हत्या भएको छ । हत्यामा संलग्न रहेको आशंकमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ ।
काठको फर्माले हानेर हत्या गरेको अवस्थामा बोडेस्थित लर्डबुद्ध स्कुल अगाडि निर्माणाधीन टहरामा साहुको शव भेटिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।
प्रहरीले घटनास्थलबाट रगताम्मे भएको फर्मा बरामद गरेको छ । घटनाबारे अनुसन्धान गरिरहेको पाण्डेले बताए ।
प्रहरीले साहुको शव परीक्षणका लागि शिक्षण अस्पताल दुवाकोट पठाएको छ ।