२१ असार २०८३, आइतबार

मंसिर पहिलो साता संघ र प्रदेशको चुनाव- प्रचण्ड

मंसिर पहिलो साता संघ र प्रदेशको चुनाव- प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश र संघको चुनाव आगामी मंसिर पहिलो साता गर्ने गरी गठबन्धनमा छलफल भइरहेको बताएका छन् । 

बर्दिया पुगेका प्रचण्डले सोमवार पत्रकारहरूसँग कुरा गर्दै प्रधानमन्त्रीसँग र गठबन्धनका दलमा मंसिर पहिलो साता प्रदेश र संघको निर्वाचन गर्नेबारे छलफल भइरहेको बताएका हुन् । 

‘गठबन्धनमा छलफल गर्दा र प्रतिपक्षको पनि मनसाय बुझ्दा कात्तिक अन्तिम वा मंसिरको पहिलो हप्तामा नै निर्वाचन गर्नुपर्छ भन्ने कुरा भएको छ । प्रधानमन्त्रीसँग र गठबन्धनमा छलफल हुँदा मंसिरको पहिलो हप्ता नै निर्वाचन हुने सम्भावना छ । हामी कोही पनि कन्फ्युजन हुनु पर्दैन चुनाव मंसिरमा हुन्छ,’ प्रचण्डले भने ।  

आगामी चुनाव एकै चरणमा वा दुई चरणमा गर्ने भन्नेबारे पनि छलफल भइरहेको उनले बताए । 

‘चुनाव दुई चरणमा हुन्छ कि एक चरणमा भन्ने पनि छलफल छ । तर, जसरी स्थानीय तहको चुनाव एकै चरणमा देशभर गर्न सम्भव भयो भने प्रदेश र संघको अझ सहज हुन्छ । त्यसैले, एकै चरणमा चुनाव गर्ने कि भन्ने छलफल छ । सुरक्षालगायतका कारणले दुई चरणमा चुनाव गर्नुपर्छ भन्ने कुरा पनि आएको छ,’ प्रचण्डले भने ।   

स्थानीय तहको निर्वाचनले संविधान र संघीयता कार्यान्वयनको लागि सहयोग पुगेको उनले बताए । निर्वाचनमा पार्टीहरूले कहिले धेरै र कहिले कम सिट जित्नु स्वभाविक भन्दै उनले निर्वाचन हुनु नै महत्त्वपूर्ण कुरा रहेको बताए । 

‘कुन पार्टीले कति जिते वा कति हारे भन्ने भन्दा पनि संविधानको कार्यान्वयनको सन्दर्भमा निर्वाचन सम्पन्न हुने कुरा महत्त्वपूर्ण छ । पार्टीहरूले कहिले अलि बढी जित्छन्, कहिले कम जित्छन् यो स्वभाविक हो,’ प्रचण्डले भने, ‘गत साल संविधान नै खतरामा पर्ने हो कि, समावेशी समानुपातिक प्रणाली नै समस्यामा पर्ने हो कि भन्ने ठूलो चिन्ता उत्पन्न भएको थियो । संविधान जोगाउन सफल भयौं ।’ 

स्थानीय तहको निर्वाचनबाट ७५३ स्थानीय तहमा नै पाँच वर्षको लागि नयाँ सरकार बनेको र यसले संघीयता सदृढ भएको प्रचण्डले बताए । 

salt training

कमेन्ट गर्नुहोस्