×

NMB BANK
NIC ASIA

राज्यमन्त्री वलीले ‘प्रेमी’ भनिएका व्यक्तिको घरमा आतंक मच्चाएपछि...

जेठ ३१, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

लुम्बिनी प्रदेशकी राज्यमन्त्री विमला वलीले गृहजिल्ला दाङको एक घरमा छिरेर आतंक मच्चाएकी छन् । 

Muktinath Bank

तुलसीपुर उपमहानगरपालिका–५, सब्जीमण्डीस्थित एकराज बस्नेतको घरमा पीएसओसहित प्रवेश गरेर उनकी श्रीमती मीना भण्डारी र उनकी छोरीलाई कुटपिट गरी तोडफोडमा उत्रिएकी हुन् । मन्त्री वली तोडफोड र कुटपिटमा उत्रिएपछि प्रहरी परिचालन भएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एकराजसँग मेरो सम्बन्ध छ, खोइ एकराज भन्दै मीनालाई कुटपिट गरेको स्थानीयले बताएका छन् । सुरक्षा गार्डसहित एकराजको घरमा प्रवेश गरी आफ्नी बुहारी मीना र छोरीलाई कुटपिट गरेर आतंक मच्चाएको एकराजका दाजुले बताए । 


Advertisment
Nabil box
Kumari

मीनाले घरमा राज्यमन्त्री बिमला प्रवेश गरेर छोरी र आफूलाई कुटपिट गरेको भन्दै जेठाजुलाई फोन गरेकी थिइन् । ‘बिमला र एकराजको बाहिर सम्बन्ध के कस्तो हो थाहा भएन । घरमा आएर बुहारीलाई कपडा नै च्यातिने गरी बुहारीलाई कुट्नुभयो । दराज फोड्नुभयो । पर्दा फालिदिनुभएको छ । गेट धकेल्दै सबैलाई थर्काउँदै प्रवेश गर्नुभएको छ,’ उनले भने, ‘परपुरुषसँग सम्बन्ध राख्नेले बुझ्नुपर्ने हो । अहिले आएर सीधै मेरो बिहे भएको छ । मलाई फसाए भन्नुहुन्छ ।’ 

Vianet communication
Laxmi Bank

मीनाले ‘मेरो एकराज खै, मेरो एकराज खै’ भन्दै आफूलाई कुटपिट गरेको बताइन् । ‘कोठाभित्र मन्त्री विमला प्रवेश गरिन्,’ मीनाले भनिन्, ‘कपडा फालिन् । फालेका कपडा मैले किनिदिएकी हुँ भन्दै गालामा समेत हानिन्, कपडा च्यातिदिइन् । नानी (छोरी)लाई पनि हानिन् ।’ 

मन्त्री विमला वली तोडफोडमा उत्रिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरी आएर वलीलाई नियन्त्रणमा लिएको छ ।

दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले राज्यमन्त्री वलीलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय तुलसीपुरमा राखिएको लोकान्तरलाई जानकारी दिए । ‘स्थानीय महिलासँग झगडा गरेपछि स्थानीय नियन्त्रणमा लिएका रहेछन् । हामीलाई खबर गरेपछि प्रहरी पुगेर उहाँलाई पक्राउ गरिएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ,’ एसपी काफ्लेले लोकान्तरसँग भने । 

काफ्लेले एकराज बस्नेत र बिमलाको प्रेम सम्बन्धको बारेमा भने आफूलाई अहिलेसम्म जानकारी नभएको बताए । 

विमला र एकराजको गत वर्षको भदौमा चुम्बन गरेको तस्विर बाहिर आएको थियो । त्यसपछि हंगामा मच्चिएको थियो । बस्नेत वाईसीएल कार्यकर्ता हुन् । त्यो तस्वीर बाहिर आएपछि पनि एकराजले बिमला र आफूबीचको सम्बन्ध बताउन चाहेका थिएनन् । बिमला प्रदेश सभाको उपनिर्वाचन दाङबाट निर्वाचित सांसद हुन् । 

उनका श्रीमान उत्तरकुमार वलीको सडक दुर्घटनामा मृत्यु भएपछि तत्कालीन नेकपाबाट उनी निर्वाचित भएकी थिइन् । वली श्रीमान उत्तरको मृत्यु भएपछि एकराजसँग नजिक रहेको पछिल्ला घटनाक्रमले देखाएको छ । 

सूर्य चिह्नबाट निर्वाचित उनी कहिले एमाले त कहिले माओवादी हुँदै आएकी थिइन् । शंकर पोखरेल नेतृत्वको सरकार ढलेपछि उनले माओवादी रोजेकी थिइन् । उनले आफूलाई अपहरण गरेको भन्दै बुटवलमा पत्रकारसम्मेलन समेत गरेकी थिइन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x