२८ जेठ २०८३, बिहीबार

कमाइ गर्नेले कर तिर्ने होः बालेन शाह

कमाइ गर्नेले कर तिर्ने होः बालेन शाह

टोल स्तरबाट आएका सुझावलाई समेटेर आर्थिक बर्ष २०७९/०८० को बजेट नीति तथा कार्यक्रम तर्जुमा गर्ने काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले बताएका छन् ।  राजस्व परामर्श समितिको आज आयोजना गरेको आ. व. २०७९/०८० को बजेट, नीति तथा कार्यक्रम सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख शाहले यस्तो बताएका हुन् ।  ‘निर्वाचित हुनेबित्तिकै नीति कार्यक्रम तयार गर्नु पर्ने समय भयो । छलफल र अन्तरक्रियालाई व्यापक सकिएन । अहिले जति छलफल भयो । त्यसलाई अहिले नै समावेश गर्ने प्रयास गर्छौँ । यसपछि पुसमा अर्को नगर सभा हुन्छ । त्यसबेला छलफललाई अझ विस्तृत बनाउँछौँ,’ प्रमुख शाहले सहभागीको कर सम्बन्धी जिज्ञासाको उत्तर दिँदै भने, ‘कमाइ गर्नेले कर तिर्ने हो । यसका लागि कमाइ हुने वातावरण बनाउनु पर्छ । यसका लागि उत्पादनको मार्केटिङ र ब्रान्डिङ गर्नुपर्छ । यसमा अहिलेसम्म ध्यान गएको देखिँदैन । हामीले यस विषयमा पनि सोच बनाएका छौँ ।’

कार्यक्रममा उपप्रमुख सुनिता डंगोलले, बजेट, नीति तथा कार्यक्रमलाई सहभागितामूलक बनाउन खोजिएको बताइन्। ‘स्थानीयहरुका सानातिना समस्या पनि सम्बोधन गर्ने दिशामा ध्यान दिनेछौँ । सबैले मेरा लागि तर्जुमा गरिएको हो भन्ने कार्यक्रम बनाइनेछ ।’

कार्यक्रममा त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र विभागका प्रमुख प्रा. डा. शिवराज अधिकारीले करका दर कम गर्नु तर छुट नदिनु भन्ने सुझाव दिए । 
कार्यक्रममा काठमाडौँ विश्वविद्यालय अर्थशास्त्र विभागका प्रमुख डा. पवन झा, नेपाल ल क्याम्पसका प्रमुख प्रा. डा. डिएन पराजुलीलगायतका वक्ताले योजनावद्ध कर नीति, दिगो व्यापारको अवधारणा, तथ्यको भण्डारणलगायत काम गर्न महानगरलाई सुझाव दिएका थिए ।  

अन्तरक्रियामा सहभागीहरुले एक ठाउँमा तिरेपछि कर तिर्न अर्को ठाउँमा जानु नपरे कम झन्झट हुने सुझाव राखेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्