२७ जेठ २०८३, बुधबार

अल्भेसले बार्सिलोना छाड्ने

असार २, २०७९
अल्भेसले बार्सिलोना छाड्ने

स्पेनिस क्लब बार्सिलोनाका डिफेन्डर डानी अल्भेसले क्लब छाड्ने भएका छन् ।

ब्राजिलियन डिफेन्डर अल्भेसले एक सिजनपछि नै बार्सिलोना छाड्ने भएका हुन् ।

अल्भेस गत वर्ष बार्सिलोना फर्किएका थिए । उनले एक सिजनको सम्झौता गरेका थिए ।

तर, बार्सिलोनाले उनीसँगको संम्झौता थप गर्ने योजना बनाएका छैनन् । जसको कारण उनी फ्री ट्रान्सफरमा अन्य क्लब जाने छन् ।

३९ वर्षीय अल्भेस पाँच वर्षपछि बार्सिलोना फर्किएका थिए ।

अल्भेस २०१६ मा बार्सिलोना छाड्दै इटालियन क्लब युभेन्ट्स गएका थिए ।

त्यसपछि उनले पीएसजी र साओ पाउलोबाट खेलेका छन् ।

बार्सिलोनाका लागि अल्भेसले कुल ४ सय ७ खेल खेलेका छन् ।

अल्भेसले बार्सिलोनाका लागि ६ ला लिगा जितेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्