०६ असार २०८३, शनिबार

प्रहरीले छापामार कारवाही गर्दा लागूऔषध हेरोइनसहित ७ विदेशी पक्राउ

प्रहरीले छापामार कारवाही गर्दा लागूऔषध हेरोइनसहित ७ विदेशी पक्राउ
प्रतिकात्मक तस्वीर

नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले लागूऔषध हेरोइनसहित ७ विदेशीलाई पक्राउ गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निरन्तर निगरानी राखी ७ दिन लामो छापामार कारवाही गर्दा ५१ किलोग्राम हेरोइनसहित ७ विदेशीलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्ने सबै दक्षिण अफ्रिकन नागरिकहरू रहेका छन् । फ्लाइ दुबई विमानबाट काठमाडौं ओर्लिएका यात्रुमाथि प्रहरीले निगरानी गरेको थियो ।

यसअघि समेत प्रहरीले केही महिलालाई पटक–पटक लागूऔषधसहित पक्राउ गर्ने गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्