३० असार २०८३, मंगलबार

राज्यमन्त्री बिमला वली अस्पतालबाट डिस्चार्ज, निवासमा आराम गर्दै

राज्यमन्त्री बिमला वली अस्पतालबाट डिस्चार्ज, निवासमा आराम गर्दै

लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमला वली स्वास्थ्यमा सुधार भएसँगै अस्पतालबाट डिस्चार्ज भएकी छन् ।

मंगलवार मध्यराति बेहोस अवस्थामा लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएकी वली बिहीवार डिस्चार्ज भएकी हुन् ।

दाङबाट बुटवल आएकी उनलाई अस्पतालमा भर्ना गरिएको र अवस्था स्थिर रहेकाले डिस्चार्ज गरिएको अस्पतालका मेसु डा. ईन्द्र ढकालले जानकारी दिए ।

पछिल्लो समय स्वास्थ्य अवस्था स्थिर रहेकाले आराम र औषधि सेवन गर्ने गरी डिस्चार्ज गरिएको उनले जानकारी दिए । उनी यतिबेला बुटवलस्थित निवासमा बसेकी उनी निकट स्रोतले जनाएको छ ।
 
मंगलवार बिहान दाङस्थित एकराज बस्नेतको घरमा उनकी पत्नी र छोरीमाथि कुटपिट गरेको आरोपमा प्रहरी नियन्त्रणमा रहेकोमा राति अबेर मुख्यमन्त्री कूलप्रसाद केसीको निर्देशनमा बुटवलमा ल्याइएको थियो ।

लुम्बिनी प्रदेश सरकारले घटनाको छानबिन समिति नै गठन गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्