
नेकपा एकीकृत समाजवादीले देशभर संगठन विस्तार गर्ने क्रममा असारदेखि भदौसम्म ३ महिना सदस्यता वितरण विशेष अभियान सञ्चालन गर्ने भएको छ ।
पार्टीका महासचिव डा. बेदुराम भुसालको अध्यक्षमा बसेको केन्द्रीय संगठन विभागको बैठकले पार्टी सदस्यता वितरणलाई जोड दिएको हो ।
संगठन विभागले केन्द्रीय परिषद्लाई पूर्णता दिन पहिले प्रतिनिधित्व भइसके बाहेकका मोर्चा जनसंगठनलाई विधानको व्यवस्थाअनुसार नाम पठाउन भनिएको छ ।
असार मसान्तभित्र पार्टी सदस्यता अद्यावधिक गर्न, नवीकरणको काम भदौ मसान्तभित्र सम्पन्न गर्न अन्तरपार्टी निर्देशनमा उल्लेख गरिएको छ । नेकपा एमालेसँग विद्रोह गरी गठन भएको नेकपा एसले छोटो अवधिमा नै पार्टी संगठनलाई देशभर फैलाउन सफल भएको बैठकले निष्कर्ष निकालेको छ ।