२१ जेठ २०८३, बिहीबार

राष्ट्रिय सहिद घोषणा गर्ने तयारी भइरहेको छ : मन्त्री अथक

राष्ट्रिय सहिद घोषणा गर्ने तयारी भइरहेको छ : मन्त्री अथक

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले १० वर्षे जनयुद्ध र विभिन्न कालखण्डमा भएका जनआन्दोलनमा ज्यान गुमाएका ब्यक्तिहरुलाई राष्ट्रिय सहिद घोषणा गर्ने तयारी भईरहेको बताएका छन् । राष्ट्रिय युवा परिषद अन्तर्गतको सहिद तथा वेपत्ता योद्धा सन्तती युवा दाहालद्धारा काभ्रेको धुलिखेलमा आयोजित दुई दिने कार्यशाला गोष्ठिमा बोल्दै मन्त्री अथकले समाज रुपान्तरणकालागि ज्यानको आहुती दिने सबैलाई राष्ट्रिय सहिदका रुपमा सम्मान दिनुपर्ने बताए । 

सहिद तथा वेपत्ता परिवारका युवा लक्षित नेतृत्व तथा क्षमता विकास सम्बन्धि कार्यशाला गोष्ठिको उद्घाटन गर्दै मन्त्री अथकले ब्यवस्था परिवर्तनकालागि आफ्नो जिवनको बलिदान दिने महान सहिद तथा वेपत्ता योद्धाहरुकै कारण नेपालमा गणतन्त्र स्थापना भएको उल्लेख गरे ।  लामो संघर्षपछि प्राप्त ब्यवस्था उल्टाउन पछिल्लो समय भित्री तथा बाहिरी तत्व लागीपरेको जिकिर गर्दै मन्त्री अथकले प्राप्त सम्पूर्ण उपलब्धि जोगाउने जिम्मेवारी युवाहरुको काँधमा आएको बताए ।    
 

salt training

कमेन्ट गर्नुहोस्