२४ असार २०८३, बुधबार

हेटौंडामा एमालेको बहिस्कार पछि नगरसभा स्थगित

हेटौंडामा एमालेको बहिस्कार पछि नगरसभा स्थगित

हेटौंडा उपमहानगरपालिकाको नगर सभा स्थगित भएको छ । 

आवश्यक गणपुरक संख्याको अपुग भएपछि  शुक्रवारका लागि आह्वान गरिएको बैठक स्थगित भएको नगर प्रमुख मीना कुमारी लामाले घोषणा गरेकी हुन् ।

कुल ९५ जना सदस्य रहेको नगर सभामा शुक्रवार ४० जनाले मात्रै उपस्थिति हुँदा बाँकी नेकपा एमालेबाट निर्वाचित नगर सभा सदस्यहरूले उपस्थिति नजनाएसँगै बैठक बस्न नसकेको हो । नगरसभामा बोल्दै मेयर लामाले अर्को बैठक असार १२ गते आइतवार बस्ने गरी आजको बैठक स्थगित भएको जानकारी दिइन् ।

नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट विधिअनुसार तयार नपारिएको र एकलौटी ढंगले बजेट ल्याउन लागेको भन्दै बिरोध गर्दै आएका थिए । 

उपमहानगर हेटौंडाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रमहरू कार्यान्वयन गर्न करिब २ अर्ब ७१ करोड ७९ लाख बजेट सार्वजनिक गर्ने तयारी गरेको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्