२४ असार २०८३, बुधबार
नेकपा एस विवाद

मन्त्री फिर्ता बोलाउने निर्णयमा पुनर्विचार हुँदैन, नमान्ने माथि कारबाही हुन्छ– झलनाथ खनाल

असार १०, २०७९
मन्त्री फिर्ता बोलाउने निर्णयमा पुनर्विचार हुँदैन, नमान्ने माथि कारबाही हुन्छ– झलनाथ खनाल

नेकपा एकीकृत समाजवादी (एस)का वरिष्ठ नेता झलनाथ खनालले मन्त्री फिर्ता बोलाउने पार्टी निर्णयमा पुनर्विचार नहुने बताएका छन् । 

पार्टीको निर्णय सबैले मान्नु पर्ने उनले बताए ।  

शुक्रवार बसेको पार्टी पोलिटव्युरो बैठकपछि कुरा गर्दै खनालले पार्टी सचिवालयले गरेको निर्णय कार्यान्वयन नहुनु दुखद भएको बताएका हुन् । 

‘पार्टीको सचिवालयले निर्णय गरेको छ, स्थायी कमिटीले अनुमोदन गरेको छ । फेरि केन्द्रीय कमिटीमा यसरी कुरा उठ्नु सहज कुरा होइन,’ खनालले भने, ‘पार्टी निर्णय नमान्नेलाई पार्टीले आवश्यक कारबाही गर्छ । पुनर्विचार गर्दैनौँ ।’

मन्त्री फिर्ता बोलाउने निर्णय सम्बन्धमा पोलिटव्युरो बैठकमा कुरा नउठेको र केन्द्रीय कमिटीले यो निर्णयमा तलमाथि नगर्ने उनले बताए । 

एसका उपाध्यक्ष समेत रहेका बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले भने शनिवार बेलुकासम्म पूराना मन्त्री घर फर्किने दावी गरेका छन् । 

स्वास्थ्य मन्त्रीसमेत रहेका नेकपा एसका नेता विरोध खतिवडाले मन्त्री पद छाड्न तयार रहेको प्रतिक्रिया जनाएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्