२२ जेठ २०८३, शुक्रबार

शृंखलावद्ध चोरीमा संलग्न ४ जना पक्राउ

शृंखलावद्ध चोरीमा संलग्न ४ जना पक्राउ

काठमाडौंमा उपत्यकाभित्र घरमा मानिसहरू नभएको मौकामा ढोका फोडी चोरी गर्ने समूहका ४ जना पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय सूचना अधिकारी प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार नगद, मोबाइल, सुनचाँदीका गहना चोरी गर्ने ४ जनालाई पक्राउ गरिएको छ ।

प्रहरीले दोलखा घर भई चन्द्रागिरी बस्ने ३५ वर्षीय लिलानारायण श्रेष्ठ, दोलखा घर भई काठमाडौंको थली नगरपालिका बस्ने ३९ वर्षीय वीरबहादुर श्रेष्ठ, दोलखा घर भई काठमाडौं महानगरपालिका–१६ बस्ने २६ वर्षीय सागर भनिने पुननारायण श्रेष्ठ र खोटाङ घर भई टोखा बस्ने ३१ वर्षीय सौराज गजमेरलाई पक्राउ परेको छ ।

salt training

कमेन्ट गर्नुहोस्