२३ जेठ २०८३, शनिबार

ललितपुरमा पच्चीस हजार आठसय ९२ भूकम्पपीडित

कात्तिक २०, २०७४
ललितपुरमा पच्चीस हजार आठसय ९२ भूकम्पपीडित
ललितपुर, २० पुस –ललितपुर जिल्लामा २५ हजार आठसय ९२ जना भूकम्पका समयमा घर क्षति भएका लाभग्राही पहिचान भएको छ ।

यसअघि छुटेका लाभग्राहीसमेत गर्दा यो तथ्याङ्क आएको स्थानीय विकास अधिकारी हरिप्रसाद दाहालले बताए । उनले भने, ‘घर सर्वेक्षण भएर वा नभएर छुटेका लाभग्राही समेत हामीले पहिचान गरिरहेका छौँ,’ जिल्ला विकास समिति (जिविस)ले लाभग्राहीका सूचीमा छुटेका तीनसय १७ र घर सर्वेक्षण नै छुटेका १४ जना लाभग्राहीको गुनासो सम्बोधनका लागि पुनःनिर्माण प्राधिकरणमा पठाएको थियो ।

पहिचान भएका लाभग्राहीमध्ये १७ हजार एकसय ४२ घरधुरीको अनुदान सम्झौता भइसकेको जिविसले बताएको छ । जिविसले तीनहजार ४० घरधुरीको भुक्तानीका लागि सिफारिस गरेको छ । विभिन्न नगरपालिका र गाविसले आठहजार दुईसय ४२ लाभग्राहीलाई भुक्तानीका लागि सिफारिस गरिसकेका छन् ।

भूकम्पपछि जिविसमा छ हजार एकसय १८ वटा गुनासो दर्ता भएका थिए । तीमध्ये एक हजार छसय ३२ गुनासो फस्र्यौट भइसकेको स्थानीय विकास अधिकारी दाहालले बताए ।
निजी आवास पुनःनिर्माणकै लागि ललितपुरका विभिन्न गाविस र नगरपालिकाका वडामा गैरसरकारी संस्थासँग पनि पुनःनिर्माण प्राधिकरणले सम्झौता गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्