०७ साउन २०८३, बिहीबार
नेकपा एस विवाद

नेकपा एस विवाद : प्रेम आलेसहित ६ सांसदले फिर्ता गरे हस्ताक्षर, झाँक्री लगायत क–कसले गरेनन् फिर्ता ?

नेकपा एस विवाद : प्रेम आलेसहित ६ सांसदले फिर्ता गरे हस्ताक्षर, झाँक्री लगायत क–कसले गरेनन् फिर्ता ?

नेकपा एकीकृत समाजवादी (एस) पार्टीको संसदीय दलको बैठक बोलाउन माग गर्ने मध्ये ६ सांसदले हस्ताक्षर फिर्ता लिएका छन् । 

अध्यक्ष माधवकुमार नेपालसमक्ष संसदीय दलको बैठक बोलाउन माग गर्दै लिखित निवेदन दिने १० सांसदमध्ये ६ जनाले हस्ताक्षर फिर्ता लिएको नेकपा एस स्रोतले जानकारी दियो ।

सांसदहरू पर्यटनमन्त्री प्रेम आले, कृष्णलाल महर्जन, गोपालबहादुर बम, वीनादेवी बुढाथोकी, पुष्पाकुमारी कर्ण कायस्थ, धनबहादुर बुढाले पनि हस्ताक्षर फिर्ता  गरेको स्रोतको दावी छ ।

यसबाहेक निवेदन दिने स्वास्थ्यमन्त्री विरोध खतिवडा, शहरी विकासमन्त्री रामकुमारी झाँक्री श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र सासंद निरा जैरुले भने हस्ताक्षर फिर्ता गरेका छैनन् ।
 

कमेन्ट गर्नुहोस्