११ साउन २०८३, सोमबार

एमालेका तीन नेताको घर नजिक बम राखिएपछि....

एमालेका तीन नेताको घर नजिक बम राखिएपछि....

झापामा एमालेका तीन नेताको घर नजिकमा बम राखिएको घटनाप्रति सो पार्टीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । झापास्थित पार्टीका स्थायी कमिटी सदस्य तथा पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की, लेखा आयोग सदस्य लिला कट्टेल कार्की र जिल्ला कमिटी अध्यक्ष दिपक कार्कीको घर नजिक प्रेसर कुकर बम राखेको घटनाप्रति एमाले झापाले घोर निन्दा र भत्र्सना गरेको हो । 

‘नेपाली जनताको वलिदानीपूर्ण संघर्षबाट प्राप्त भएको अधिकार प्रयोग गर्दै संविधानसभाबाट संविधान निर्माण भई सोही बमोजिमका संवैधानिक अधिकारहरू प्रयोग गर्न र स्वतन्त्र रुपले आफ्ना अभिव्यक्तिहरु राख्न संवैधानिक व्यवस्था हुँदाहुँदै देशको संविधान, कानुन र जनअधिकारको बर्खिलाप हुने गरी समाजमा फैलाउने अराजक गतिविधीहरु मौलाई रहेका छन्’ एमाले झापाका सचिव शिव ढुंगेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘समाजको शान्ति, सुरक्षा, अमन चयन खलबल्याउने गरी र मानवीय क्षति तथा धनजनको क्षति हुने गरिका यस्ता क्रियाकलाप जोसुकैले गरेको भए पनि क्षमायोग्य छैन ।’
 
नेपाल सरकार, प्रहरी प्रशासन र सम्बद्ध निकाय यो घटनाबाट शान्ति सुरक्षा कायम गर्न असफल भएको देखिएको एमालेको आरोप छ । घटनाको सत्यतथ्य पत्ता लगाई दोषी माथि कडा भन्दा कडा कारवाही गर्न पनि एमालेले जोडदार माग गरेको छ । नेताहरुको घर नजिक शुक्रबार बम फेला परेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्