
भक्तपुर नगरपालिकाका र सूर्यविनायक नगरपालिकाले शुक्रबार नगरसभा सम्पन्न गरेको छ । भक्तपुर नगरपालिकाको बाह्रौँ नगरसभाको बैठकमा उपप्रमुख रजनी जोशीले आर्थिक वर्ष २०७९/८० का लागि रु दुुई अर्ब १८ करोड ४२ लाख ४२ हजारको बजेट प्रस्तुत गरेकी थिइन् ।
यसैगरी सूर्यविनायक नगरपालिकाको आगामी आव २०७९/८० का लागि रु एक अर्ब ९२ करोड १८ लाख ७७ हजारको बजेट पारित गरेको छ ।