×

NMB BANK
NIC ASIA

फतुवा विजयपुरका मेयरसहित २१ जना जनप्रतिनिधिविरुद्ध भ्रष्टाचार मुद्दा

असार १२, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको फतुवा विजयपुर नगरपालिकाका मेयर गोपालराय यादवसहित २१ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । 

Sagarmatha Cement
Muktinath Bank

आयोगले आइतवार काठमाडौं विशेष अदालतमा आरोप पत्र दायर गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

साविक तथा हालका समेत नगरप्रमुख यादवसहित साविककी उपप्रमुख कान्तीदेवी, वडा नम्बर १ का तत्कालीन वडाध्यक्ष संजयप्रसाद, वडा नम्बर २ का तत्कालीन वडाध्यक्ष भविछन राय, ३ का वडाध्यक्ष दीपनारायण साह, ५ का तत्कालीन वडाध्यक्ष हिराराय यादव र हालका वडाध्यक्ष सेख एजाद अहमदविरुद्ध मुद्दा दर्ता गरिएको छ ।


Advertisment
Nabil box
Kumari

त्यसै गरी वडा नम्बर ८ का तत्कालीन वडाध्यक्ष र हालका नगर कार्यपालिका सदस्य उमाशंकर साह कलवार, वडा नम्बर ९ का तत्कालीन वडाध्यक्ष दीपनारायण चौधरीविरुद्ध पनि मुद्दा दर्ता गरिएको अख्तियारले जनाएको छ ।

Vianet communication
Laxmi Bank

वडा नम्बर १० का तत्कालीन वडाध्यक्ष योगेन्द्रप्रसाद चौधरी, तत्कालीन नगर कार्यपालिकाका सदस्य लक्ष्मण साह कानु, सुन्दरी माझी, हाल वडा नम्बर ७ का सदस्य जिरनी देवी, तत्कालीन सदस्य फूलकुमारी देवी, सञ्जुदेवी जयसवाल, शशीकुमार साह, रविन्द्रकुमार निधिविरुद्ध पनि मुद्दा दर्ता गरिएको छ । 

अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार २०७५ पुस १५ गते लाल बकैया नदीको ठेक्का सम्बन्धमा भएको अनियमितताविरुद्ध मुद्दा दर्ता गरिएको हो । 

'ठेक्का सम्बन्धमा भएको नगर कार्यपालिकाको बैठकको निर्णय कार्यान्वयन गराउन बेवास्ता गरेको, सबैभन्दा बढी बोलकबोल गर्ने बोलपत्रदाताले सम्झौता गर्न इन्कार गरेपछि दोस्रो बढी बोलकबोल गरेका बोलपत्रदातालाई सम्झौता गर्ने बोलाउने र पहिलो बढी बोलकबोल गर्ने बोलपत्रदाताको धरौटी जफत गर्नुपर्नेमा अमानतबाट राजश्व संकलन गर्ने कार्यलाई निरन्तरता दिइएको' अभियोगपत्रमा उल्लेख छ । 

ठेक्काको निर्णय कार्यान्वयन नगराई २०७५ फागुन १७ गतेको कार्यपालिकाको बैठकबाट धरौटी फिर्ता गर्ने निर्णय गरी एक करोड ५३ लाख ५० हजार १९९ रूपैयाँ भ्रष्टाचार गरिएको अख्तियारको आरोप छ । 

उक्त नगरपालिकामा कार्यरत रहेका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सागरकुमार रोका, निमित्त प्रमुख प्रशासकीय अधिकृत गोकुल ढुंगेल, रन्जना साहविरुद्ध पनि भ्रष्टाचार मुद्दा दर्ता गरिएको छ ।

ठेक्काको म्याद समाप्त हुँदा पनि नियमानुसार सम्झौता गर्न नआउने ठेकेदारलाई कारबाहीको प्रक्रिया अगाडि बढाउनु पर्नेमा सो नगरी धरौटी फिर्ता दिने निर्णय गरेको भन्दै उनीहरूविरुद्ध पनि एक करोड ५३ लाख ५० हजार १९९ रूपैयाँ बिगो कायम गरी भ्रष्टाचार  मुद्दा दर्ता गरिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x