
पर्यटन मन्त्री प्रेम आलेले आफ्नो हप्कीदप्कीलाई आशीर्वचन ठानेर नीतिगत त्रुटि हुनबाट झक्झकाउने कर्मचारीलाई धन्यवाद दिएका छन् ।
आफ्नो ८ महिना २० दिनको प्रगति विवरण सुनाउँदै उनले यस्तो बताएका हुन् ।
मन्त्री पदबाट राजीनामापछि पत्रकार गर्दै उनले आफू जनजाति भएकाले कहिलेकाहीँ बोल्दा गल्ती कमजोरी भए माफी दिन पनि आग्रह गरेका छन् ।
उनले वायुसेवा निगमको साउदी अरब उडान शुरू गरेको, पर्यटन क्षेत्रको सुधारका लागि नीतिगत काम गरेकोसहित क्यासिनो रोयल्टी उठाउनेसम्मको कामहरू गरेको बताएका छन् ।
मन्त्री आलेले असार १० गते नै राजीनामा दिएको बताए ।