
न्याय सेवा आयोगको बैठकले न्याय सेवाका ३ उपसचिवको पदस्थापना गरेको छ ।
कायममुकायम प्रधानन्यायाधीश दिपककुमार कार्कीको अध्यक्षतामा मंगलवार बसेको बैठकले पदस्थापनाको निर्णय गरेको हो ।
आयोगको निर्णयअनुसार लिलाधर सुवेदी र शिव वाग्लेलाई सर्वोच्च अदालत तथा ठाकुरप्रसाद बस्ताकोटीलाई न्याय परिषद्मा पदस्थापना गरिएको छ ।