
वर्षाका कारण अवरुद्ध भएको बुटवल–पाल्पा सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ ।
लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय, बुटवलका प्रवक्ता डिएसपी मोहनबहादुर खाँणले रातिदेखि अवरुद्ध सडक भर्खरैबाट एकतर्फी खुलेको जानकारी दिए ।
सिद्धबाबा नजिकै रातिदेखि पहिरो झरेका कारण बाटो अवरुद्ध थियो ।
तीन दिनदेखि परेको अविरल वर्षाका कारण बुटवल सिद्धार्थ राजमार्गका विभिन्न आधा दर्जन ठाउँमा पहिरो झरेका छन् ।
पहिरो झरेको ठाउँमा सफाई गर्दै गाडी सञ्चालनमा आएको प्रवक्ता खाँणले लोकान्तरलाई जानकारी दिए ।