
युक्रेनमाथि रुसले आक्रमणलाई चीनले निन्दा नगरेकोमा पश्चिमी सैन्य गठबन्धन नेटोले चित्त दुखाएको छ ।
स्पेनको राजधानी मड्रिडमा चलिरहेको नेटो शिखर सम्मेलनमा महासचिव जेन्स स्टोल्टनबर्गले युक्रेन आक्रमणको चीनले निन्दा नगरेकोमा आफूहरू निराश भएको बताए । अनि नेटोका बारेमा गलत भाष्यहरू पनि चीनले फैलाइरहेको उनको भनाइ छ । त्यस्तै चीन र रुस पहिलेभन्दा बढी नजिकिएको गुनासो पनि उनले गरे ।
‘तर हामी चीनलाई शत्रुका रूपमा लिँदैनौं,’ स्टोल्टनबर्गले बताए । चीन संसारको सबभन्दा ठूलो अर्थतन्त्र बन्न लागेको भन्दै स्टोल्टनबर्गले जलवायु परिवर्तन लगायतका विषयमा बेइजिङसँग नेटोले सहकार्य गर्नुपर्ने बताए ।