३० जेठ २०८३, शनिबार

भारतले चीन सीमानजिक शक्तिशाली रेडार राख्ने, चिनियाँ हतियारमा नजर

असार १५, २०७९
भारतले चीन सीमानजिक शक्तिशाली रेडार राख्ने, चिनियाँ हतियारमा नजर

भारतीय सेनाले चीन सीमामा शक्तिशाली रेडार राख्न लागेको सञ्चारमाध्यमहरूले खबर दिएका छन् । 

यस रेडारले पहाडपछाडि, उपत्यकाका कुनाकाप्चा र जंगलमा लुकाइएका हतियारको लोकेसन पत्ता लगाउने बताइएको छ । भारतीय सेनाले पहिला पनि त्यस्तो रेडार राखेको थियो तर अहिले त्यसको अप्ग्रेडेड माउन्टेन भर्जन राख्न लागेको हो । 

यसका लागि भारतीय सेनाले भारत इलेक्ट्रोनिक्स लिमिटेडलाई स्वाती वेपन लोकेटिङ रेडार बनाउन भनेको छ । 

यसको उपयोग अग्लो भूभागमा गरिनेछ । यसले शत्रुको आर्टिलरी, रकेट र मोर्टारहरूलाई ट्य्राक गर्नेछ । 

पुरानो भर्जनको स्वातीको ४६ वटा युनिट भारतभरि तैनाथ गरिएको छ । 

यस रेडारले ३० किलोमिटर परबाट आएको आर्टिलरीलाई चिन्छ र त्यसको गति तथा दिशा पनि बताइदिन्छ । त्यस्तै चारदेखि ८० किलोमिटर टाढाबाट आएको रकेट वा सानो क्षेप्यास्त्रलाई पनि यसले ट्रेस गर्छ ।

salt training

कमेन्ट गर्नुहोस्