१० साउन २०८३, आइतबार

लेखा परीक्षण गर्ने विधिमा भएका त्रुटिको अध्ययन आवश्यक- अर्थमन्त्री शर्मा

लेखा परीक्षण गर्ने विधिमा भएका त्रुटिको अध्ययन आवश्यक- अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले बेरुजुका विषयमा सरकारले अपनाएका विधि र पद्धतिमा अध्ययन गर्न आवश्यक रहेको बताएका छन् । 

बुधवार महालेखापरीक्षक कार्यालयको ७४ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले सरकारको अहिलेसम्म लेखापरीक्षण गर्ने विधि र पद्धतिहरूमा कहाँ त्रुटि भएको हो त्यसको अध्ययन, अनुसन्धान गर्न आवश्यक रहेको बताएका हुन् । 

उनले लेखापरीक्षण गर्ने सरकारको विधि, पद्धतिमा त्रुटि भएर बेरुजुमा एकपछि अर्को जटिलता बढ्दै गएको बताए । अर्थमन्त्री शर्माले लेखापरीक्षकमार्फत सार्वजनिक इकाइहरूमा जवाफदेहिता र पारदर्शिता अभिवृद्धि गर्दै सुशासन प्रवद्र्धन गर्न महालेखा परीक्षकको महत्त्वपूर्ण भूमिका रहेको पनि बताए । 

उनले सार्वजनिक खर्च तथा स्रोतको दुरुपयोग, राजस्वमा भएको चुहावट, हिनामिना, औपचारिक क्षेत्रबाट अर्थतन्त्रमा परेको नकारात्मक प्रभाव र सार्वजनिक तथा संगठित संस्था सञ्चालनका विषयहरू महालेखापरीक्षकले थप ध्यान दिनुपर्ने बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्