०३ असार २०८३, बुधबार

बढ्दो क्रममा कोरोना संक्रमण, २४ घण्टामा थपिए ६२ संक्रमित

बढ्दो क्रममा कोरोना संक्रमण, २४ घण्टामा थपिए ६२ संक्रमित

पछिल्लो समय कोरोना संक्रमितहरू बढ्दै गएका छन् । पछिल्लो २४ घण्टामा ६२ जनामा संक्रमण पुष्टि भएको हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ६२० नमूना परीक्षणमध्ये ५१ जनामा पीसीआर र ११ जनामा एन्टिजेन  पोजिटीभ देखिएको हो । 

पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन । हालसम्मको मृत्यु संख्या ११ हजार ९५२ छ । 

मन्त्रालयका अनुसार थप १९ जना संक्रमणमुक्त भएका छन्  ।

हाल मुलुकभर २६१ सक्रिय संक्रमित छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्