०३ असार २०८३, बुधबार

कृषकलाई तत्काल रासायनिक मलको व्यवस्था मिलाउन मन्त्रीसमक्ष आग्रह

कृषकलाई तत्काल रासायनिक मलको व्यवस्था मिलाउन मन्त्रीसमक्ष आग्रह

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कृषकलाई तत्काल रासायनिक मलको व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेका छन् । नेता पौडेलले राष्ट्रिय धान दिवसको अवसर पारेर आज कृषि तथा पशुपक्षी विकासमन्त्री महिन्द्रराय यादवलाई भेटेर किसानलाई तत्काल रासायनिक मलको व्यवस्था मिलाउन आग्रह गरेका हुन्।

“मानो रोपेर मुरी फलाउने समयमा किसानले रासायनिक मल पाउन सकेका छैनन्, यो कृषिप्रधान देशका लागि दुःखको कुरा हो, कृषि क्षेत्रको उत्पादन बढाउन तत्काल मल उपलब्ध गराउनुपर्छ”, नेता पौडेलले भने ।

भेटमा मन्त्री यादवले किसानलाई सहजरूपमा रासायनिक मल उपलब्ध गराउन सरकारले काम गरिरहेको बताए । “अन्तर्राष्ट्रिय बजारमा मलको मूल्य बढेको छ, नेपालले भारतसँग मलका लागि जुन सम्झौता ग¥यो, सोहीअनुसार मल प्राप्त नहुँदा मल आयातमा समस्या भएको हो”, उनले भने। मन्त्री यादवले असार मसान्तसम्म ७६ हजार मेट्रिकटन रासायनिक मल आउनेसमेत बताएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्