०४ असार २०८३, बिहीबार

झम्सिखेलमा नयाँ ट्राफिक लाइट

झम्सिखेलमा नयाँ ट्राफिक लाइट

काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप प्रविधिमैत्री बनाउन झम्सिखेल, सरस्वती मन्दिर चोकमा नयाँ ट्राफिक लाइट जडान गरिएको छ । उक्त लाइटको बिहीवार उद्घाटन गरिएको छ । 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले ललितपुर महानगरपालिका वडा नं. ३ कार्यालय र तन्त्र भेन्चर्स प्रा.लि.सँग सहकार्य गरी उक्त नयाँ ट्राफिक लाइट जडान गरी सञ्चालनमा ल्याएको हो ।

उक्त ट्राफिक लाइटको ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले स्वीच अन गरी उद्घाटन गरेका थिए ।

उनले प्रविधिको विकासले फड्को मार्दै गर्दा ट्राफिक प्रहरीको सेवामा पनि यात्रुमैत्री प्रविधिको विकास र प्रयोगलाई प्राथमिकता दिँदै आएको बताए । 

‘उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज, व्यवस्थित एवं चुस्त बनाउन तथा प्रविधिको प्रयोग गरी थोरै जनशक्तिबाट धेरै काम लिन विभिन्न प्रविधिमैत्री अभियान थालिएको छ’ जोशीले भने, ‘प्रविधिमार्फत् सडक व्यवस्थापन गर्दा आम सडक प्रयोगकर्ताहरूको आवागमन सहज हुनुका साथै सडक अनुशासन र सडक सभ्यता झल्किने हुनाले यसलाई प्रमुख प्राथमिकता दिएको छ ।’

उक्त कार्यक्रममा ललितपुर महानगरपालिका वडा नं. ३ कार्यालयका वडाध्यक्ष श्रीगोपाल महर्जनले ट्राफिक लाइट जडानबाट आम सेवाग्राहीलाई प्रत्यक्ष लाभ हुने कुरामा जोडिन पाउँदा हर्षित रहेको बताए । उनले सडकलाई यात्रुमैत्री बनाउन ट्राफिक प्रहरीले आधुनिक प्रविधिको प्रयोग र सवारी व्यवस्थापनमा सक्रियता बढाएको बताउँदै ट्राफिक प्रहरीको भूमिकाको प्रशंसा गरेका छन् । उनले आगामी दिनमा समेत ट्राफिक प्रहरीसँग सहकार्य गर्दै जाने प्रतिबद्धता जनाएका छन् । 

हाल उपत्यकाको मुख्य ४० चोकहरूमा ट्राफिक लाइटबाट सवारी व्यवस्थापन हुँदै आएको छ । अन्य १३ स्थानमा परीक्षण गरी सञ्चालनको प्रकियामा रहेको र ७ स्थानमा जडान कार्य भइरहेको ट्राफिक प्रहरीले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्