असार १३, २०७९
म्यादी अर्थात् टेम्पोररी । नेपालमा चुनाव सञ्चालन गर्नका लागि शिक्षक वा अन्य सरकारी कर्मचारी खटिन्छन् र सुरक्षाका लागि भनेर अस्थायी प्रहरीको भर्ती लिने चलन छ । अस्थायी प्रहरीलाई भनिने ‘म्यादी’ यसपटकको नेप...
अहिले आँपको सिजन छ । सबैलाई आँप खुब मन पर्ने फल हो । सिजनको आँप त्यसैपनि खुब स्वादिष्ट हुन्छ ।
आप एक फलको रूपमा मात्र नखाई धेरै परिकार बनाएर खान सकिन्छ । पौराणिक हिसाबमा हेर्ने हो भने आँपको पात पनि एक पवित्र मानिन्छ । धेरै पूजापाठ तथा नयाँ घरमा सर्नु अघिको पूजामा पनि आँपको पात प्रयोग गरेको पाइन्छ ।
त्यसो त आँपको रस बेच्न ठूला–ठूला घराना व्यापारीहरूले ब्राण्ड नै बनाएका छन् । नेपालमा सबैभन्दा राम्रो व्यापार हुने जुसहरूमा आँपको रस नै अग्रस्थानमा आउँछ ।
आँपको खेत मधेश प्रदेशमा ज्यादा हुने भए तापनि पहाड र अन्य प्रदेशमा पनि व्यापक छ । आँपको रस मात्र होइन, दर्जनौं अन्य परिकार पनि बन्ने गर्छ ।
सिजनमा फलेको आँपलाई जोगाइ अफसिजनमा खानलाई मात्र यो जुसको जुक्ति गरेका हुन् । आँपको सिजन सस्तो भाउमा उठाएर जुस बनाई महंगोमा जुस बेच्ने चलन विश्वभर नै प्रचलित छ ।
काँचो आँपको धुलो (आमचुर), चाट मसलादेखि लिएर सिसीको अचार, खट्टीमिठी, थेबेदेखि लिएर विभिन्न पाचकसम्म बनाउन प्रयोग गरिन्छ । पाकेको आँपको त झन् नेपालमै दर्जनौं परिकार बनाउन सकिन्छ ।
आँपको लस्सी, आँपको खिर, आँपको पन्ना, आँपको फिरिनी, आँपको केक, आँपको रबरी, आँपको कुराउनी, आँपको स्मुथी, आँपको कुल्फी, आँपको पिउरी, आँपको जाम, आँपको क्यान्डी, आँपको सुकुटी लगायतका कैयौ नेपाली मौलिक परिकार बनाउन सकिन्छ । यहाँ हामीले चर्चा गर्न लागिएको परिकार भने आँपको थेबे हो । थेबे काँचो आपको बनाइन्छ र रुखमा पाकेर बाँकी रहेका साना–साना आँपका थेबे बनाइन्छ ।
गुलियो आँप खाँदा–खाँदा अमिलो अचार खान मन हुनेले यो परिकार खुब मन पराउँछन् । खानाको सेटमा होस् या खाजाको सेट अर्थात् स्न्याक्सको रूपमै पनि थेबे खुब स्वादिष्ट हुन्छ । कम पिरो गराएर बनाउने हो भने विदेशीहरूले पनि यो परिकारलाई खुब मन पराउँछन् ।
कसरी बनाइन्छ आँपको थेबे ?
आँपको थेबे बनाउन चाहिने सामग्रीःकाँचो आँप ३ पिस, पाकेको डल्ले खुर्सानी ३ पिस, नून स्वाद अनुसार, हरियो धनियाँ आधा मुठा, भुटेको तोरीको तेल ३ चिया चम्चा, वीरे नूून पिन्च, हिङ्ग पिन्च, काँचो बेसार २ टुक्रा, टिमुरको धुलो १ चिम्टी ।
आँपको थेबे बनाउने विधिः आँपलाई राम्ररी पखालेर ताछ्ने र चाना काटेर कोया छुट्याउने । आँपको चाना, खुर्सानी, नून, धनियाँ, काँचो बेसारको चाना, हालेर हाते ओखलमा मज्जाले कुट्ने र बाँकी सामग्री हालेर मिक्स गर्ने । लास्टमा तोरीको तेल हालेर मोल्ने र पस्कने । अमिलो अनि स्वादिष्ट हुने यो परिकार बनाउन सजिलो र सीमित सामग्री भए पनि पुग्छ ।
म्यादी अर्थात् टेम्पोररी । नेपालमा चुनाव सञ्चालन गर्नका लागि शिक्षक वा अन्य सरकारी कर्मचारी खटिन्छन् र सुरक्षाका लागि भनेर अस्थायी प्रहरीको भर्ती लिने चलन छ । अस्थायी प्रहरीलाई भनिने ‘म्यादी’ यसपटकको नेप...
सुरेन्द्र नेपाल श्रेष्ठ एउटा अचानो र चुलेसीले चलेको चुल्हो देखेका हामी गाउँले नेपाली २५ वर्ष अगाडि बेलायत आएपछि रंगरंगका चप बोर्ड र चक्कु देख्दा अचम्म नलाग्ने कुरा नै भएन । मासु होस् वा माछा, सागपात हो...
व्यञ्जन पस्कने सबैको आ–आफ्नै तरिका र स्टाइलहरू छन् । नेपालमा कसैले सालको पात प्रयोग गर्छन् त कसैले काँचका भाँडा त उपल्लो वर्गले चाँदीको । भारतमा पनि साउथ ईलाकामा केराको पातमा व्यञ्जन पस्कने परम्परा छ भने अन्...
जब हामीले अल्कलाइन डाइटको विषयमा कुरा गर्छाैं भने पीएच लेबलको पूर्ण सम्झना हुन्छ । अल्कलाइन डाइटलाई एसिड अल्कलाइन डाइट या अल्कलाइन एस डाइट भनेर पनि चिनिन्छ । यस डाइटले हाम्रो शरीरमा पीएच लेबल मेन्टेन गर्न मद्दत...
सवितुः पत्रकारले प्रत्यक्ष देखेर तथ्यांक, विवरण संकलन गरेको स्थितिबाहेक समाचारमा प्रयोग भएका हरेक सूचनाका लागि विश्वासिलो स्रोतको उल्लेख गर्नैपर्छ । अपवादको अवस्थाबाहेक ‘नाम नखुलाउने शर्तमा’ ...
साकार कोइराला नेपालमा हाल ८ वटा विश्वविद्यालयअन्तर्गत १६ वटा कलेज तथा क्याम्पसहरूले कानूनमा स्नातक तह (B.A.LL.B) र काठमाडौं विश्वविद्यालयले (BEc.LL.B and BBM.LL.B) अध्यापन गराउँदै आएका छन् । ...
शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...
‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...