
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको सचिवालय बैठक आइतवार शुरु भएको छ ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा शुरू भएको बैठकमा आगामी संघीय निर्वाचनको चुनावी रणनीति तयका साथै विविध विषयमा छलफल भइरहेको छ ।
बैठकमा वैचारिक राजनीतिक प्रशिक्षण, सदस्यता विस्तार, नवीकरण, विभागको काम व्यवस्थापनलगायतका कार्यसूची राखिएको छ ।
