पाँचथरको फालेलुङ गाउँपालिका–७ सिदीनमा पहिरोले घर पुर्दा ३ जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएका एक जनाको भने सकुशल उद्दार गरिएको छ ।
शुक्रबार राति वर्षातको कारण गएको पहिरोले स्थानीय रूपलाल मगरको ढुंगा माटोले बनेको ३ तपहिरोले घर र गाईको गोठ समेत पुरेको थियो । पहिरो गएको स्थानमा तत्काल खटिएको प्रहरी चौकी सिदिन र जिल्ला प्रहरी कार्यालय पाँचथरको प्रहरी टोलीले उद्दार गर्ने क्रममा रूपलालका काका ७१ वर्षीय दल प्रसाद मगरलाई सकुशल उद्दार गरेको थियो ।
पहिरोमा पुरिई बेपत्ता भएकाहरूको खोजतलासको क्रममा ५५ वर्षीय रूपलाल मगरलाई शनिवार बिहान र उनकी ४२ वर्षीया श्रीमती गोमा मगर तथा दलप्रसादकी १९ वर्षीया नातिनि एलिसा मगरलाई आइतवार शव फेला परेको प्रहरीले जनाएको छ ।